पेरिस ओलम्पिकको पुरुष फुटबलमा आयोजक फ्रान्सलाई पछि पार्दै स्पेनले जित्यो स्वर्ण
२६ साउन, काठमाडौं । स्पेनले पेरिस ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आयोजक फ्रान्सलाई नै ५-३ ले पराजित गर्दै स्वर्ण जितेको छ ।
शुक्रबारकाे राति भएकाे पेरिसस्थित पार्क डे प्रिन्समा फाइनलमा सर्जियो कामेलोले दुई गोल गरेपछि स्पेनले रोमाञ्चक जित निकालेको हो । ओलम्पिमा पुरुक्ष फुटबलमा जितेको यो स्पेनकाे दोस्रो स्वर्ण हो ।
निर्धारित ९० मिनेटको खेलमा ३-३ गाेलको बराबरीमा सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो । उक्त समयकाे १००औं मिनेटमा कामेलोले गोल गर्दै स्पेनको अग्रता ४-३ बनाएका थिए भने इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनले जित सुनिश्चित गरे ।
प्रकाशित मिति : २६ श्रावण २०८१, शनिबार ११:२५