८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

हिमालयन रिको लगानी रहेको हिमालयन मर्चेन्टले पायो लाइसेन्स

२४ साउन, काठमाडाैँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले हिमालयन मर्चेन्ट बैंकरलाई लाइसेन्स प्रदान गरेको छ । सेबोनका कार्यवाहक अध्यक्षको अध्यक्षतामा बुधबार बसेको सञ्चालक समितिको बैठकले हिमालयन मर्चेन्टलाई लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो ।

यससँगै लाइसेन्स प्राप्त मर्चेन्ट बैंकरको संख्या ३० पुगेको छ । कम्पनीले लाइसेन्स अनुमतिका लागि एक वर्ष अघि नै सेबोनमा आवेदन दिएको थियो । हिमालयन मर्चेन्टमा हिमालयन रि को लगानी रहेको छ । मर्चेन्ट बैंकरको न्यूनतम चुक्तापूँजी २० करोड रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १५:१८