३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

समाज लघुवित्तको नाफा ३२.३४ प्रतिशत घट्यो

२० साउन, काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेकाे छ । लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ३२.३४ प्रतिशत घटेर ५१ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै गत असारसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशत बढेर २ करोड २ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । लघुवित्तको कुल सञ्चालन आम्दानी २.२७ प्रतिशत बढेर २ करोड ६९ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १४.२५ प्रतिशत बढेर २ करोड २८ लाख रुपैयाँ र जगेडा कोष ३ हजार ७९ प्रतिशत बढेर २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्ष लघुवित्तको सापटी १८.०३ प्रतिशत बढेर २४ करोड ६५ लाख रुपैयाँ, निक्षेप ११ प्रतिशत बढेर १६ करोड ५ लाख रुपैयाँ र कर्जा लगानी १०.६९ प्रतिशत बढेर ४४ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी १५.४६ रुपैयाँ घटेर २२.४५ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २२९.९७ रुपैयाँ रहेको छ । लघुवित्तको खराब कर्जा अघिल्लो वर्ष ४.७८ प्रतिशत रहेकोमा गत असारसम्म बढेर ४.८२ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १७:४३