११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नयाँ पर्यटकीय गन्तव्य बन्दै शिवपुरी डाँडाको विशाल धाप ड्याम (तस्बिरहरू)

१९ साउन, काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्ज स्थित गोकर्णेश्वर नगरपालिका–१ मा रहेको मानव निर्मित विशाल धाप ड्याम ताल पर्यटकहरूका लागि पछिल्लो समय नयाँ गन्तव्य बन्दै आएको छ । बर्खाको समयमा आकाशे पानी जम्मा गरेर हिउँदमा बाग्मती नदीमा बगाउने उद्देश्यले ड्याम निर्माण गरिएको भएपनि पर्यटकको रोजाइमा मनमोहन ताल बन्न पुगेको हो । उक्त ड्याम करिब १३ हेक्टर जमिनमा फैलिएको छ ।

ड्याम अवलोकन गर्न आउने पर्यटकहरूले सिजन अनुसार विभिन्न हिमशृङ्खलाहरू र निकुञ्ज भित्रका अन्य प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सक्नेछन् । सुन्दरीजल, मुलखर्क, हिले भञ्ज्याङ हुँदै अघि बढ्ने यात्राको क्रममा कागेश्वरी मन्दिरको समेत दर्शन गर्न सकिन्छ ।

त्यसैगरी, धाप ड्याम बाट ३ किमी को दुरीमा अवस्थित अर्को पर्यटकीय स्थल चिसापानीमा खाना खाजा खाएर पुन काठमाडौँ फर्कन सकिन्छ । ‘पर्यटकका लागि भने अहिलेसम्म कुनै पनि आवश्यक पूर्वाधारहरू बनिसकेका छैनन् । केही समयमा सार्वजनिक शौचालय, ड्यामको हेरचाहका लागि भ्यू पोइन्ट लगायतका आवश्यक पूर्वाधारहरूको निर्माण कार्य सुर भईरहेको छ ।

प्रकाशित मिति : August 3, 2024 at 10:16 am