१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

१८ साउन, काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिन लाग्नुभएको छ । प्रदेश सभाको बैठकमा वाहाँले विश्वासको मत लिन शुक्रबार अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाउनुभएको हो ।

संघमा कांग्रेस र एमालेको सरकार बनेपछि सुदूरपश्चिममा एमालेले असार २० मा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा पर्नुभएको थियो । मुख्यमन्त्री सोडारीले  विश्वासको मत नपाउने निश्चित छ ।

निकट स्रोतका अनुसार मुख्यमन्त्री सोडारीले प्रदेशसभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी पनि गर्नुभएको  छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १०:४६