११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

१७ साउन, काठमाडौँ । नवनियुक्त तीन जना प्रदेश प्रमुखले बिहीबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले तीनै जना प्रदेश प्रमुखलाई शपथ गराउनुभएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेशमा बझाङका यज्ञराज जोशी र बाग्मती प्रदेशमा कैलालीका दीपकप्रसाद देवकोटालाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति पाैडेललाई सिफारिस गराउनुभएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १७:४७