११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आज राति नेपाल टेलिकमको सेवा ४ घण्टा अवरुद्ध हुने

१७ साउन, काठमाडौँ । नेपाल टेलिकमको सेवा बिहिबार राति आंशिक रूपमा प्रभावित हुने भएको छ । बिहीबार राति ११ बजेदेखि चार घण्टाका लागि नेपाल टेलिकमको सेवा आंशिक रूपमा बन्द हुने नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिनुभयो । कम्पनीले बिलिङ प्रणाली स्तरोन्नति गर्न चार घण्टाका लागि सेवा अवरुद्ध गर्नुपर्ने जनाएको छ ।

यधपी, उक्त समयमा भने एसएमएस,मोबाइल भ्वाइस र डाटा तथा एफटीटीएच,पीएसटीएन,आइपीटीभी सेवा यथावत सञ्चालन हुने टेलिकमले जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : August 1, 2024 at 12:55 pm