नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलको प्रशारण रोकियो
१७ साउन, काठमाडौँ । नेपालमा भारतीय टेलिभिजन ४ वटा च्यानलहरुको प्रशारण रोकिएको छ । कलर्स, जी, स्टार र सोनी टेलिभिजनको प्रशारण रोकिएको हो ।
वितरक र च्यानल प्रशारकबीचको वित्तीय समस्याले गर्दा उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा प्रदायकहरुले जनाएका छन् । नेपाल राष्ट्र बैंकले सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि सटही सुविधा उपलब्ध नगराएकाले यो समस्या निम्तिएको सेवा प्रदायकले जानकारी दिनुभयाे । सेवा प्रदायकहरूले ग्राहकलाई एसएमएस पठाउँदै सेवा उपलब्ध नभएकोबारे जानकारी गराउनुभएकाे छ ।
जसमध्ये एक सुबिसुले एक सूचनामार्फत भनेका छन्, ‘वितरक र च्यानल प्रसारकबीचको वित्तीय समस्याले गर्दा जी, सोनी, स्टार र कलर्स च्यानलहरु हाल उपलब्ध छैनन् । हामी यस समस्यालाई सकेसम्म छिटो समाधान गर्न निरन्तर प्रयास गरीरहेका छाैं ।’
प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १२:१९