शास्त्रीय सङ्गीतका गुरुदेव कामतको निधन
१७ साउन, सिराहा । शास्त्रीय सङ्गीतका गुरुदेव कामतको निधन भएकाे छ । आफ्नै घर सिरहा लक्षम्पीर पतारी गाउँपालिका २ पोखरभिण्डामा आज बिहान ७:३० बजे निधन भएको वाहाँकाे छोरा समीर कामतले जानकारी दिनुभयाे ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित गुरुदेव कामतको ६९ वर्षको उमेरमा निधन भएको हो । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामत उपचारका लागि आर्थिक सङ्कटका कारण एक महिना अघि जन्मथलो फर्किनुभएकाे वाहाँका छाेरा प्रमिन्द्र कामतले बताउनुभयाे ।
पछिल्ला ४० वर्ष देखि निरन्तर काठमाडौँमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै नेपाली संगीतमा अमूल्य योगदान गर्नुभएकाे कामतकाे आर्थिक अभावले निधन भएकाे हाे ।
प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १०:५१