सेयर बजारको उकालाे यात्रा कायमै : कारोबारमा नयाँ रेकर्ड कायम
१६ साउन, काठमाडाैँ । सेयर बजारकाे उकालो यात्रा निरन्तर चलिरहेकाे छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेकाे छ ।
आज कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । आज सेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाली सेयर बजारमा यो नै सबैभन्दा बढी कारोबार हो । नेप्सेमा यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो ।
आज नेप्से परिसूचक ६४ दशलमव २५ अंकले बढेर २७६० को विन्दुमा कायम भएको छ । आज १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सेरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको सेयर कारोबार भएको छ । यसैगरी शिवम् सिमेन्टको ४० करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज १७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै सिभिल बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले गुमाएका छन् ।
प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १५:३१