२२ माघ २०८२, बिहीबार | Fri Feb 6 2026

पर्सामा एकै वर्षमा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज

१६ साउन,पर्सा । गत आर्थिक वर्षमा पर्सामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन् । आर्थिक सङ्कटका कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि साना तथा घरेलु उद्योग सञ्चालकहरु घरेलु तथा साना उद्योग कार्यालय पुगेर उद्योग खारेजी गराउन थालेका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहले भन्नुभयो, “आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ । अर्कोतर्फ सरकारले आव २०८१र८२ को बजेट वक्तव्यसँगै ल्याएको आर्थिक विधेयकमा वर्षांैदेखि नवीकरण नगर्ने साना तथा घरेलु उद्योग खारेजीमा २५ प्रतिशत छुट दिने प्रावधानको कारण पनि धेरै उद्योग खारेजीमा परेका हुन्”, उहाँले भनुभयो ।

dainiki.com

उहाँले पछिल्लो समय घरेलु तथा साना उद्यम गर्र्ने उद्यमीलाई सहज रुपमा बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त नगर्दा पनि समस्या भइरहेको बताउनुभयो । “अहिले जताततै आर्थिक मन्दीले अर्थतन्त्रलाई शिथिलतातर्फ लगिरहेको छ । जसको कारण साना तथा घरेलु उद्योग मारमा परिरहेका छन्”, उहाँले भन्नुभयो, “राज्यले साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने वातावरण बनाउन आवश्यक छ ।” पर्सा जिल्लामा आव २०७९र८० मा भने एक सय ७७ वटा साना तथा घरेलु उद्योग खारेजीमा परेका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १३:०१