पहिरो र बाढीले पृथ्वीराजमार्ग अबरूद्ध, बैरेनी बजार क्षेत्र अस्तव्यस्त
१६ साउन, काठमाडाैँ । पहिरो र बाढीले पृथ्वीराजमार्ग अबरूद्ध बनेको छ । पहिरो र बाढीका कारण बैरेनी बजार क्षेत्र अस्तव्यस्त बनेको छ । पहिरोले एउटा गाडी समेत पुरेको छ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनी बजार क्षेत्र र पृथ्वीराजमार्ग डुबानमा परेको छ ।
सडक किनारमा रहेको गर्दो खोलामा पानीको बहाव बढेपछि बस्ती तिर खोलो उक्लिएको छ। बैरेनी अस्पताल अगाडि रहेको प्रेम मेडिकल हल पुर्ण डुबानमा परेको छ। घर भित्र खोलो पस्दा औषधि र अन्य उपकरण पुरै।डुबेको छ। घर बाहिर राखेको कार समेत आधी भाग डुबेको धादिङबाट पत्रकार केशव अधिकारीले बताएका छन ।
खोला अतिक्रमण गरि बस्ती बिस्तार गर्दा घर र सडकमा खोलो पसेको हो। सडकमा हिलो र भल बाढी ले गाडी गुड्नै नसक्ने अबस्था बनेको छ ।
प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार ०९:५५