३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

१६ माघ, काठमाडाैं । इमर्जिङ नेपाल लिमिटेडले सेयरधनीहरूकाे खातामा नगद लाभांश जम्मा गरेकाे छ । कम्पनीकाे गत पुस २८ गते सम्पन्न १०औं वार्षिक साधारणसभाबाट पारित गरेको नगद लाभांश सम्बन्धित सेयरधनीहरूलाई खातामा वितरण गरेको हाे।

सभाले हाल कायम चुक्ता पुँजीको ५.२६३१ प्रतिशत नगद लाभांश (कर सहित) पुस १६ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार कम्पनीले माघ १३ गतेदेखि सेयरधनीको डिम्याट खातामा उल्लेखित बैंक खातामा नगद लाभांश जम्मा गरेकाे हाे ।

पुस १६ गतेसम्म सेयर धितो राखी ऋण लिएका सेयरधनीहरूले सम्बन्धित ऋण लिएको संस्थाबाट एनओसी पत्र पेस गरेपछि मात्र नगद लाभांश प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : January 30, 2026 at 1:53 pm