२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध

१६ साउन, काठमाडौँ । अविरल वर्षपछि पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । मङ्गलबार साँझदेखि परेको वर्षाका पहिरो खसेको हो ।

करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । वर्षा भइरहेको हुँदा सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो । दब्ल्याङमा करिडोर माथिको ठूलो क्षेत्र कमजोर भएकाले सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार ०९:४६