२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

२६९६ विन्दुमा नेप्से, होटल्स तथा पर्यटन र वित्त समूहमा लगानीकर्ताको आकर्षण

१५ साउन, काठमाडौँ  । मंगलबार नेप्से ३५.५५ अंकले बढेको छ। नेप्से १.३३ प्रतिशतले बढेर २६९६ विन्दुमा बन्द भएको छ।

आज १७ अर्ब २६ करोडको कारोबार भएको छ। अघिल्लो दिन १९ अर्ब ६० करोडको कारोबार भएको थियो । १८९ कम्पनीको मूल्य बढ्दा ४७ को घट्यो भने ६ को स्थिर रह्यो ।

यस दिन ३२९ वटा धितोपत्रको चार करोड तीन लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच भएको हो ।

यसदिन सात कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

एसियन हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७९२ रूपैयाँ र गणपति लघुवित्तको मूल्य ६.११ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ८९१ रूपैयाँ कायम भएको छ।

मंगलबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको प्रतिकित्ता मूल्य ६९५ रूपैयाँ ३० पैसामा ६० करोड १० लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६३० रूपैयाँ ४० पैसामा ३७ करोड ६७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

मंगलबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड, बैंकिङ, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ । बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।

यसदिन होटल्स तथा पर्यटन र वित्त समूहको परिसूचक सर्वाधिक क्रमशः ५.९९ र ५.९८ प्रतिशतले बढेको छ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार १६:०५