वाइडबडी खरिदको छानबिनका लागी लेखाले उपसमिति बनायो
२६ मंसिर, काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति बनाएको छ ।समितिको अाज बसेको बैठकले सत्तारुढ नेकपाका सांसद कृष्णलाल महर्जनको संयोजकत्वमा उपसमिति बनाएको हो ।
उपसमितिमा सांसदहरु राजन केसी, चन्दा अधिकारी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाईँ र मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार १२:५८