११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

नेपाली पाठशालामा नयाँ नेतृत्व, अध्यक्षमा बिना धमला

एडिलेड । नेपाली पाठशाला एडिलेडको साधारण सभाले बिना धमलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

नव गठित कार्य समितिमा उपाध्यक्ष देवेन्द्र खरेल, सचिव शशी पोखरेल, कोषाध्यक्ष प्रमोद रिमाल, बिद्यालयको प्राचार्य चन्द्र मणी पाण्डे छन् भने सदस्यहरुमा अमृता खरेल, प्रतिक्षा खतिवडा, निता निरौला, अनिता लम्साल, बिष्णु पौडेल, शुशीला लामिछाने, सुधा सुवेदी आचार्य, सपना बास्कोटा रहेका छन् ।

साधारण सभामा विद्यालयमा पुर्व अध्यक्ष तथा फेन्का महासचिव कपिल पाण्डे, विद्यालय पुर्व अध्यक्ष नविन सागर शर्मा, एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष विनोद वानिया, पाठशालाका निवर्तमान अध्यक्ष अंकुर उपाध्याय लगायतले नव गठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

नव निर्वाचित अध्यक्ष धमलाले विगतका कामहरुलाई निरन्तरता दिदै संस्थालाइ थप सक्रिय बनाउने बताईन् ।

पाठशाला अन्तर्गत हाल ७५ जना भन्दा विद्यार्थी अध्ययनरत छन् । नेपालीमुलका बालबालिकाहरुलाई नेपाली भाषा पठनपाठन गराउने उद्देश्यले संचालित विद्यालय प्रत्येक आइतवार बिहान ९.३०-१२.३० बजे सम्म संचालन हुने गरेको छ ।

सामाजिक संस्था रुपमा समेत रहेको पाठशालाले विभिन्न विषयमा छलफल गर्ने गरि ज्ञानगुन चौतारी समेत संचालन गर्दै आएको छ ।

पाठशालाकै आयोजनामा प्रत्येक वर्ष तिज कार्यक्रम, तिहारमा बालबालिकाहरुलाई नेपाली सांकृतिक महत्व दर्शाउने गरि देउसी भैलौ कार्यक्रम, पाठशाला कप भेट्रान फुटवल संचालन गर्दै आएको छ ।  

प्रकाशित मिति : July 28, 2024 at 6:59 pm