१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

काठमाडाैंकाे बानेश्वरमा एटीएम तोडफोड गर्ने किशोर यादव  पक्राउ

२६ मंसिर,काठमाडौं । काठमाडाैंकाे बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोड गर्ने एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ ।  पक्राउ पर्नेमा सिराहको सुखीपुर न.पा.वडा नं ६ घर भएका १८ वर्षीय किशोर यादव रहेको प्रहरीले जनाएको छ ।

मंसिर ११ गते राती १ बजे चोरी गर्ने उद्देश्यले यादवले एकटीएम तोडफोड गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त वानेश्वरमा उजुरी परेपछि सीसीटीभी फुटेजको आधारमा प्रहरीले यादवलाई पक्राउ गर्न सफल भएको हो ।

यादवलाई प्रहरी वृत्त वानेश्वरमा ल्याई चोरी कसुर अन्तर्गत मुद्दामा म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार ११:३३