२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

जहाज दुर्घटनामा घाइते क्याप्टेन शाक्यको अवस्थामा सुधार, आइसियुबाट बाहिर निकालियो

११ साउन, काठमाडौं । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई उपचार भइरहेको क्याप्टेन मनिष शाक्यलाई सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर निकालिएको छ ।

क्याप्टेन शाक्यलाई बिहीबार साँझ आइसियूबाट बाहिर निकालिएको काठमाडौं मेडिकल कलेजकी मेडिकल डाइरेक्टर डा. मीना थापाले बताइन् ।

क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार आएको छ । हिजो एमआरआई टेष्ट गर्दा खासै जटिलता नदेखिएपछि आईसीयूबाट निकालिएको डा. थापाले बताइन् ।

शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हडी र देव्रे पट्टि तीन वटा करंगहरू भाँचिएको थियो ।

त्यसैक्रममा क्याप्टेन शाक्यलाई अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ भने बिरामीका आफन्तलाई भेट्न दिइएको छैन ।

डा. थापाका अनुसार क्याप्टेन शाक्य खतरामुक्त छन् र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १४:५६