२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त

१० साउन, काठमाडाैँ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएकाे छ ।

बिहीबार बसेको बैंककाे सञ्चालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसहघि उहाँ बैंकको सिनियर डेपुटी सिईओ (वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत) हुनुहुन्थ्याे । उहाँको कार्यकाल आगामी भदौ १ गतेदेखि लागू हुनेछ ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृत रहनुभका रत्नराज बज्राचार्यको कार्यकाल यही महिना सकिँदैछ । साउन मसान्तसम्म बज्राचार्य सिइओ रहनुहुनेछ । भदौ १ गतेदेखि भने रेग्मीले आफ्नो जिम्मेवारी सम्हाल्नुहुनेछ ।

झण्डै तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएकाे थियाे ।

रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गर्नुभएकाे छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १३:२७