११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बङ्गलादेशमा भएकाे आन्दोलनका कारण रोकियो विद्युत् खरिद-बिक्री सम्झौता

१० साउन, काठमाडौँ । बङ्गलादेशसँग सम्झौता भएको ४० मेगावाट विद्युत् बिक्री रोकिएको छ । यही साउन १३ गतेका लागि तोकिएको समय सम्झौता बङ्गलादेशमा भएको  हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि रोकिएको हो ।  बङ्गलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बङ्गलादेशले नेपाललाई सम्झौता समय स्थगित गर्न पत्र पठाएको बताए ।

बङ्गलादेशले पठाएको पत्रमा अर्को बैठक कहिले बस्ने भन्ने बारे उल्लेख भएको छैन । यद्यपि, देशको आन्तरिक मामिला सुल्झिएपछि बैठक गर्नेगरी प्रतिबद्धता आएको छ । नेपालसँग बिजुली किन्नका लागि बङ्गलादेशको मन्त्रीपरिषद् बैठकले निर्णय नै गरिसकेको र आशयपत्र पनि आइसकेको छ । यसबाहेक बङ्गलादेशले नेपालबाट लैजाने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० सेन्ट हुन आउँछ । यो ८ रुपैयाँ हाराहारी हो ।

प्रकाशित मिति : July 25, 2024 at 12:29 pm