२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

अमेरिकी डलरको भाउमा दिनदिनै नयाँ रेकर्ड

१० साउन, काठमाडौँ । बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै महँगो भएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ६६ पैसा र बिक्रीदर १३४ रूपैयाँ २६ पैसा तोकिएको छ । पछिल्लो रेकर्डभन्दा यो मूल्य ५ पैसा बढी हो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ २३ पैसा र बिक्रीमा ८८ रूपैयाँ ६३ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४१ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४४ रूपैयाँ ८९ पैसा र बिक्रीमा १४५ रूपैयाँ ५४ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ३० पैसा छ ।

यस्तै, युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५५ पैसा पाइन्छ, भने मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रूपैयाँ ६१ पैसा र बिक्रीमा २८ रूपैयाँ ७३ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ११ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ०७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८२ पैसा पाइन्छ।

राष्ट्र बैंकले आज साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७९ पैसा तोकेको छ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार ११:१०