३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

प्रधानमन्त्री भन्छनः यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु

९ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाकाे अवस्था अवलोकन गरेका छन । दुर्घटनास्थल रहेको त्रिभुवन विमानस्थल पुगेर प्रधानमन्त्रीले अवलोकन गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीसँग दुर्घटनाबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । दुर्घटनास्थलमा गृहमन्त्रीसहित सबै सुरक्षा निकायका प्रमुखहरू पनि पुगेका छन ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा दुर्घटनास्थलको तस्बिर राख्दै यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गरेका छन । उनले लेखेका छन, ‘नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ। नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु। अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।’

dainiki.com

विमान बिग्रिएपछि पोखराको ह्यांगरमा राखेर मर्मत गर्नका लागि एयरलाइन्सले नेपाल नागरिक उड्यन प्राधिकरणसँग अनुमति लिइएको थियो । जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता जसोदा सुवेदीले पनि पोखराको ह्यांगरमा राखेर मर्मतका लागि सौर्य एयरलाइन्सले अनुमति लिएको पुष्टि गरेकी छिन । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको विमान दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।

विमान चालक मनिषरत्न शाक्यलाई प्रहरीले उद्धार गरी अस्पताल लगेकोमा उनको अहिले उपचार भैरहेको छ । शाक्यको टाउकोमा चोट लागेको छ । सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा चालक शाक्यको उपचार भइरहेको प्रहरीले जनाएको छ । शाक्य झन्डै २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक हुन् । त्यसअघि उनी तत्कालीन सिम्रिक एयरलाइन्समा आबद्ध रहेका छन ।

यो पनि पढ्नुहोस्

पोखराको ह्यांगरमा राखेर मर्मत गर्नका लागि बिग्रेकै जहाज उडाइएको थियो

साैर्य एयरलान्सको विमानमा सवार क्याप्टेन शाक्यसहित १९ जना यी हुन

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु, क्याप्टेन शाक्यको उपचार हुँदै

प्रधानमन्त्री ओली विमानस्थल जाँदै, नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई पनि बोलाइयो

१९ यात्रु बोकेको सौर्य एयरलाइन्सको विमान दुर्घटना, आगो नियन्त्रणको प्रयास हुँदै

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार १४:०५