१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

सांसद दिपक मनांगेको नाममा रेडकर्नर नोटिस जारी, ज्यान मार्ने उद्योगमा संलग्न रहेको अारोप


४ चैत, काठमाडाैँ । ज्यान मार्ने उद्योगमा संलग्न रहेको ठहर गरी नेपाल प्रहरीले दीपक मनांगे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी कार्य शुरु गरेको छ ।

मनाङको प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको बताए ।

गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्ष कारागार सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार छन् । प्रहरीले उनका नाममा अन्तर्रा्ष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७४, आईतवार १५:४१