११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

प्रतिनिधिसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

८ साउन, काठमाडौँ । संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा सांसदहरूको नाम हेरफेर तथा विषयगत समितिहरूमा पनि सांसदहरू हेरफेर गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधि सभा बैठकमा आजै मन्त्रीहरूको प्रश्नोत्तर पनि रहेको र वन तथा वातावरण,कृषि तथापशुपंक्षी विकास, श्रम    स्वास्थ्य तथा जनसंख्या र रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धि मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची पनि रहेको छ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, सांसद प्रतिमा गौतमले डेंगीको प्रकोपसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको छ ।

प्रकाशित मिति : July 23, 2024 at 10:12 am