१९ असार २०८१, बुधबार | Wed Jul 3 2024

४ चैत, ललितपुर । जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ ।दकमल सञ्चालनका लागि नौ जनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जना मात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए ।

महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान÷बेलुका काम मिलाउँदा चार पाँच जना मात्रै तयार अवस्थामा कार्यालयमा हुन्छन् । उनि भन्छन, “जनशक्ति पुग्ने नहुँदा काम गर्न गाह्रो हुन्छ ।”

आगो लाग्नासाथ कर्मचारी दमकल लिएर घटनास्थलमा पुग्ने प्रमुख महर्जन बताउछन । चालक, पानी फाल्ने मान्छे, रोलिङ बोक्ने, हान्नका लागि इशारा गर्ने, पानी नियन्त्रण गर्ने लगायतले आआफ्नो जिम्मेवारीको काम गर्छन् ।

थोरै जनशक्ति हुँदा एक व्यक्तिले नै एकभन्दा बढी काम गर्नुपर्छ ।पानीको गति धेरै हुँदा नियन्त्रणका लागि धेरै जना चाहिन्छ । उनि भन्छन, “धेरै गति हुँदा चार जनासम्म चाहिन्छ, त्यही काम दुई जनाले गर्न सक्दैनन् । रासस

प्रकाशित मिति : ४ चैत्र २०७४, आईतवार ११:५७