परराष्ट्रमन्त्री राणा देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
१ साउन, काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
परराष्ट्रमन्त्री राणा देउवासँग भेट गर्नका लागि भारतीय राजदूत श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन् ।
परराष्ट्रमन्त्रीमा राणा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशंकरले बधाई तथा शुभकामना व्यक्त गर्दै नेपाल र भारतबीच सम्बन्ध र सहकार्यबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : July 16, 2024 at 2:09 pm









