११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आज राति यी स्थानहरूमा भारी बर्षा हुने

३१ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती, कोशी र गण्डकी प्रदेशका  एक दुई स्थानमा मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र देशभरका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित मध्यम वर्षा हुने भएको छ ।

आज राति कोशी, बागमती र गण्डकी  प्रदेशका एक-दुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : July 15, 2024 at 10:48 am