१८ असार २०८१, मंगलवार | Wed Jul 3 2024

सुनसरीको इक्राही बस्तीमा भिषण आगलागी, ८२ घर जलेर नष्ट


४ चैत, सुनसरी । सुनसरीकोे बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भिषण आगलागी भएको छ ।
आगलागीबाट बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ घर जलेर नष्ट भएको छ । आगलागीबाट ६० लाख बढीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले  तत्काल आपत्कालीन राहतका विषयमा  स्थलगत अवलोकन तथा आपतकालिन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए ।

इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०७४, आईतवार १०:४९