राष्ट्रको एकीकरणमा भानुभक्तको महत्त्वपूर्ण योगदान छ: सभामुख घिमिरे
२९ असार, काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले २११औं जन्मजयन्तीको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै भाषा र साहित्यको माध्यमबाट नेपालको एकीकरण सवालमा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
भानुभक्तले रामायणलाई नेपालीमा लेख्दै आधुनिक रामायण बनाइरहँदा ती खण्डहरूमा गरेको वर्णनले नेपाली भाषा केहो भनेर नेपालको मेची देखि महाकालीसम्मका भासाभासीहरू सजिलोसँग बोल्न र बुझ्न ल्याउने कुरा र नेपाली पनको विकास गर्ने कुरामा महत्त्वपूर्ण योगदान दिएको सभामुख घिमिरेले बताए ।
नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलिक रूपबाट एक ठाउँमा ल्याउने ऐतिहासिक आन्दोलन गर्नुभयो । त्यो बेला वीर रस, भक्ति रस र राष्ट्र एकीकरण गरेर ठुलो राष्ट्रका स्वाभिमानी नेपाली बन्ने चाहानामा आधारित केहि कविताहरू आए । उनले भने, ‘१८७२ को सुगौली सन्धिमा राष्ट्र निर्माण गर्ने कुरामा धक्का खाइरहँदा साहित्यले पारिरहेको प्रभाव र कविहरूले रचना गरिरहेका कविताहरूमा निराशा छाएको बेला दशरथका छोरा रामको रचना गर्ने कुराहरूमा आदिकवि भानुभक्तले अग्रसरता लिइएको पनि पाइन्छ ।
प्रकाशित मिति : July 13, 2024 at 1:07 pm









