११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

त्रिशूलीमा खसेको बेपत्ता बस यात्रु, वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरी खोजिँदै

२९ असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालको झोलुंगे पुलनजिक पहिरोमा परी त्रिशूलीमा खसेको बस वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरी पुनस् खोजी सुरू गरीएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार बिहानदेखि सशस्त्र प्रहरीहरू सोनार क्यामेरा, वाटर ड्रोन र पाइपलाइन इन्स्पेक्सन सिस्टम प्रयोग गरी त्रिशूलीमा बेपत्ता भएका बसको खोजी सुरू गरीएको बताए । सोनार क्यामेरा र्‍याफ्टबोटमा जडान गरी पानी भित्र पठाइन्छ। यसले पानीभित्रको वस्तुहरू हेर्न सहयोग पुर्‍याउँछ, उनले भने ।

यस्ता उपकरणसहित सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित सशस्त्रको  ३५ जनाको सुरक्षाकर्मी बेपत्ता भएका बस सँगै यात्रुहरूको खोजीकार्यमा परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए।

खोजीका लागि शुक्रबार चुम्बक र रड प्रयोग गरिएको भएता पनि बेपत्ता भएका बस र यात्रु पत्ता भने लाग्न सकेको थिएन ।

प्रकाशित मिति : July 13, 2024 at 10:56 am