२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

१२१ विद्याथीर्ले एसइइ परीक्षा दिन नपाउने

४ चैत, रोल्पा । परीक्षा आवेदन फाराम भरेकामध्ये रोल्पामा १२१ जना परीक्षार्थी यस वर्षको एसइइ परीक्षा दिन नपाउने भएका छन् ।
विद्यालयमा दैनिक हाजिरी नपुगेको, विद्यालयमा अनुपस्थित हुने तथा परीक्षा दिनका लागि उमेरसमेत नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन्, विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएकोे जिल्ला शिक्षा कार्यालय रोल्पाले जानकारी दिएको छ ।

शिक्षा नियमावलीअनुसार विद्यार्थीको विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । शिक्षा विभागले सेन्टअप परीक्षा खारेज गर्र्दै विद्यालययमा ७५ प्रतिशत हाजिर हुने विद्यार्थीलाई अनिवार्य पास गर्नुपर्ने प्रावधान बनाएको भएपनि सो प्रावधान पूरा नगर्ने विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका हुन । उनीहरुले एसईई परीक्षामा सामेल हुन गत असारमा आवेदन फाराम भरेको भएपनि हाजिरी नपुगेका कारण परीक्षामा सहभागी हुन नपाउने भएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले बताइन् ।

रोल्पामा यस वर्ष सामुदायिक, संस्थागत, प्राविधिक, एक्जाम्टेड र ग्रेडवृद्धि गरी तीन हजार ५९२ जना विद्यार्थी परीक्षामा सामेल हुने भएका छन् । एक महिला केन्द्राध्यक्षसहित १८ केन्द्रमा परीक्षा सञ्चालन गरिने जिल्ला शिक्षा कार्यालय, रोल्पाले बताएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७४, आईतवार १०:१२