बाढीपहिरोबाट भएको घटनाप्रति कांग्रेसका सभापति देउवाद्वारा दुःख व्यक्त
२८ असार,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सिमतालमा पहिरोका कारण दुईवटा बस त्रिशूलीमा खसेर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
उनले बाढीपहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गर्दै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानमा परेका र जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । यधपी, स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन दिंदै सबै एक भएर विपत्तिको सामना गर्न सभापति देउवाले अपिल गरेका छन् ।
प्रकाशित मिति : July 12, 2024 at 10:51 am









