२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

अदालतको मुद्दा मिलाइदिन्छु भन्दै घुस खाने दुई प्रहरी भ्रष्टाचारी ठहर

२७ असार, काठमाडाैँ । विशेष अदालतले मुद्दा मिलाइदिन्छु भन्दै घुस खाने प्रहरी सहायक निरीक्षक शर्मा प्रसाद यादव र बरिष्ठ प्रहरी हवल्दार मन्जित कुमार झा भ्रष्टाचारी ठहर गरेको छ । बिहीबार विशेष अदालतका न्यायाधीशहरू डा खुशीप्रसाद थारू, तेजनारायण सिंह राइ र मुरारीबाबु श्रेष्ठको इजलाशले सेवाग्राहीसँग मुद्दा मिलाइदिन्छु भनेर बीस हजार घुस खाने प्रहरीलाई भ्रष्टाचारी ठहर गरेको हो ।

अदालतले यादव र झालाइ एक महिना कैद र जनही १० हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको छ । महोत्तरीको प्रहरी चौकी, कान्तिबजारका ईन्चार्ज रहेका यादवले महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी सेवाग्राहीसंग घुस खाएका थिए । उनीहरू २०८० फागुन २७ गते पक्राउ परेका थिए । अख्तियारले २०८० कै चैत २७ गते उनीहरूको विरूद्धमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

dainiki.com

व्यक्तिले लिजमा लिइ भोगचलन गर्दै आएको जग्गामा खेतिपाति तथा व्यवसाय गर्न बाधा अवरोध पुर्‍याएको हुँदा बाधा अवरोध रोक्नको लागि महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएकोमा उक्त बाधा अवरोध रोकी विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पूर्जी दिएको सो जग्गा र जग्गामा भएको फलफुलहरू, खेतिपाति उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु/नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी उनीहरूले सेवाग्राहीसंग घुस लिएका थिए ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १८:४३