८ श्रावण २०८१, मंगलवार | Wed Jul 24 2024

सेयर बजारको उकालो यात्रा कायमै, कारोबार रकम ७ अर्ब नाघ्यो


२७ असार, काठमाडौँ । आज सेयर बजारमा हरियाली छाएकाे छ । २९ दशलमव २१ अंकले बढेर नेप्से २२०४ को विन्दुमा पुगेकाे छ । आज १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८ करोड माथिको कारोबार भएको छ । सबैभन्दा धेरै सिइडिबी हाइड्रोको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै ग्लोबल आइएमई बैंकको १४ करोड ८८ लाख रुपैयाँ संस्थापक सेयर कारोबार भएको छ । त्यसैगरी हिमालयन रिइन्स्यारेन्सको १२ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बलेफी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै सिटिजन सुपर ३० का इकाईधनीले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी एनआइबिएल स्टेबल फण्डका इकाईधनीले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १५:४०