२ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 14 2025

आज यी स्थानमा अति भारी बर्षा हुने

२७ असार, काठमाडौँ । हाल देशभर मनसुन न्यूनचापीय रेखा पश्चिममा स्थानको आसपास र पूर्वको स्थानभन्दा उत्तरतर्फ अर्थात् नेपालको दक्षिण भूभागरसिमानामा रहेको छ।

अहिले बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको र दिउँसो देशभर साधारणदेखि पूर्ण बदली हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार राति देशभर साधारणतया देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना तथा कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी देखि अति भारी  वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २७ असार २०८१, बिहीबार १०:५३