२३ भाद्र २०८१, आईतवार | Sun Sep 8 2024

माछापुच्छे बैँकको एटिएम तोडफोड गर्ने नुवाकोटका दुई युवा पक्राउ

२६ असार, काठमाडाैँ । बैंकको एटिएम तोडफोड गर्ने नुवाकोटका दुई युवा पक्राउ परेका छन । माछापुच्छे बैँकको एटिएम मेसिन तोडफोडको अभियोगमा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर १ भाल्चेका दुईजना युवा पक्राउ परेका हुन ।

प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकस्थित माछापुच्छे बैँकको एटिएम मेसिन तोडफोड गरेको अभियोगमा नुवाकोट किस्पाङ गाउँपालिका–१ घर भई हाल बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले र सोही ठाउँका १९ वर्षीय सुजन तामाङलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले एटिएम तोडफोड गरेर भाग्दै गरेको अवस्थामा उनीहरुलाई आज बिहान पक्राउ गरिएको पुष्टि गरे ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १४:४५