४ श्रावण २०८१, शुक्रबार | Sat Jul 20 2024

आज देशका यी स्थानमा भारी बर्षा हुने


२६ असार, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्व आसपास र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो साधारणतया बदली रहनुका साथै राति पनि देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  मधेस प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार ११:३१