२२ श्रावण २०८१, मंगलवार | Wed Aug 7 2024

क्यानडालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


२६ असार, काठमाडौँ । साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । कोपा–अमेरिकाको ४८औँ संस्करणको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २–० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो ।

 २२ औं मिनेटमा अल्भारेजले गोल गरेर अर्जेन्टिनालाई अग्रता दिलाए । दोस्रो हाफको ५१ औं मिनेटमा लियोनल मेसीले अग्रता दोब्बर पार्दै अर्जेन्टिनालाई जिततर्फ उन्मुख गराएका थिए ।

अर्जेन्टिनाले क्वाटरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा पराजित गर्दै सेमिफाइनल पुगेको हो। अर्जेन्टिनाले हालसम्म सर्वाधिक १५ पटक कोपा–अमेरिकाको उपाधि चुमिसकेको छ भने १४ पटक उपविजेता बनेको छ ।

अर्जेन्टिनाले अब भोलि हुने कोलम्बिया र उरूग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ। उक्त खेलको  फाइनल आगामी सोमबार बिहान हुनेछ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १०:४३