२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

बाढीमा स्वास्थ्य समस्यामा परेकाहरूलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्दै

२४ असार, काठमाडौँ । तीन दिनदेखि अविरल वर्षाका कारण कञ्चनपुर, कैलालीसहित विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ ।

भारी वर्षाका कारण कञ्चनपुरका अधिकांश क्षेत्र डुबानमा परेका छन् । दोधारा चाँदनी क्षेत्र महाकाली नदीमा बनाइएको तटबन्ध भत्काउँदा बाढी घरभित्र समेत पस्दा मानिसहरू प्रभावित बनेका छन् ।

सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा बाढीमा फसेकाहरूको उद्धार गर्दै सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।  बनबासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेजमा पानीको बहाव समेत बढेको छ । यसैकारण महाकाली प्रादेशिक अस्पतालले वर्षाका कारण डुबानमा परी स्वास्थ्य समस्यामा परेकाहरूलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने अस्पतालका अध्यक्ष कृष्ण भट्ट किरणले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १२:२६