११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

आज देशका यी स्थानहरूमा भारी बर्षा हुने

२४ असार, काठमाडौँ । हाल देशभर बिभिन्न ठाउँमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा  स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउँसो देशभर साधारणतया बदली रहनुका साथै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरुमा र गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा  हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा अति भारी वर्षा भइरहेको छ । यो नेपालमा मापन गर्न थालिएयताकै अति भारी वर्षा हो।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।  राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : July 8, 2024 at 9:48 am