१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

जिल्ला प्रहरी परिसर काठमाडौँ आजदेखि नयाँ भवनमा

२३ असार, काठमाडौँ । भूकम्पपछि नेपाल आयल निगमको घरमा भाडामा बस्दै आएको जिल्ला प्रहरी परिसर काठमाडौँ आज आइतबारदेखि आफ्नै सुविधासम्पन्न घरमा सरेको छ । आजदेखि आफ्नो नयाँ घरमा कार्यालयको काम सुचारू भएको प्रहरीले जनाएको छ । भूकम्पले हनुमान ढोकामा रहेको कार्यालय भत्किएपछि टेकुमा नेपाल आयल निगमको भवनमाबाट काम हुँदै आएको थियो । आइतबारबाट भद्रकालीमा रहेको आफ्नै भवनबाट जिल्ला प्रहरी परिसर काठमाडौँले काम सुरू गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आईतवार १०:१७