२९ असार २०८१, शनिबार | Sat Jul 13 2024

पहिलो पटक क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा


२२ असार, काठमाडौं । भेनेजुएलालाई पेनाल्टीसुटआउटमा हराउँदै क्यानडा कोपा अमेरिका २०२४ को सेमिफाइनलमा  पुगेको छ ।

आज बिहान भएको क्वाटरफाइनल खेलमा भेनेजुएलालाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै पहिलो पटक कोपा अमेरिकाको सेमिफाइनलमा प्रबेश गरेको हो ।

१४औं मिनेटमा ज्याकोब साफेलबर्गले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । तर भेनेजुएलाका लागि सालोमन रोन्डोनले ६५ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा गएको थियो । उक्त खेलमा  भेनेजुएलाका लागि छैटौं पेनाल्टी प्रहारमा विल्कर एन्जेल चुके । त्यसपछि क्यानडाका लागि अन्तिम पेनाल्टी प्रहार गरेका स्माएल कोनेल गोल गर्दै जित दिलाए ।

अब सेमिफाइनलमा क्यानडाले अर्जेन्टिनासँग सामना गर्नेछ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार ११:००