१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पोर्चुगललाई टाइब्रेकरमा ५-३ गोलले पराजित हराउँदै फ्रान्स सेमिफाइनलमा

२२ असार, काठमाडौँ । पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा पुगेको छ । गएराति भोल्कपार्कस्टेशन स्टेडियममा भएको क्वाटरफाइनल खेलमा पोर्चुगललाई टाइब्रेकरमा पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रबेश गरेको हो ।

निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । उक्त खेलमा पोर्चुगलका जोआओको प्रहार पोस्टमा लागेर फर्किएपछि फ्रान्स टाइब्रेकरमा ५-३ गोलले विजयी भएको हो।

अब सेमिफाइनल खेल स्पेन र फ्रान्सबीच हुनेछ ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार १०:३९