२३ असार २०८१, आईतवार | Sun Jul 7 2024

नुवाकोटका दीपेश मगर बलात्कार अभियोगमा पक्राउ


२१ असार, काठमाडाैँ । नुवाकोट बेलकोटगढीका एक युवा बलात्कारको अभियोगमा पक्राउ परेका छन । एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको अभियोगमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का २६ वर्षीय दीपेश मगर पक्राउ परेका हुन ।

महानगरीय प्रहरी परिसर काठमाडाैँका प्रवक्ता एसपी नवराज अधिकारीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको पुष्टि गरे ।

मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको अधिकारीले बताए । मगरलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १०:३१