२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना


२१ असार, काठमाडौँ । आज देशभर बिहानदेखि साधारणतयादेखि पूर्णतया बदलीका साथै मनसुनी वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फको स्थान आसपास तथा पश्चिमतर्फ स्थानको उत्तरमा अवस्थित रहेको छ । दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

‍महाशाखाका अनुसार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति पनि देशभर साधारणतयादेखि पूर्णतया बदली हुने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १०:३४