२४ असार २०८१, सोमबार | Mon Jul 8 2024

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा


२१ असार, काठमाडौँ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ । शुक्रबार बिहान भएको खेलमा   टेक्सासको एनआरजी स्टेडियममा इक्वेडरलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलमा प्रबेश गरेको हो ।

टाइब्रेकरमा अर्जेन्टिनाले गर्दा कप्तान लियोनल मेसी गोल गर्न चुकेका थिए । मेसीको प्रहार क्रस बारमा लागेको र प्रहार असफल भएपछि निराश छाएको मैदानमा मार्टिनेजले इक्वेडरको दुई प्रहार छेकेपछि उत्साह थपिएको थियो ।

अर्जेन्टिनाको सेमिफाइनलमा स्थान सुनिश्चित गर्न गोलकिपर इमिलियानो मार्टिनेजले टाइब्रेकरको सुरूवाती दुई प्रहार छेके र अर्जेन्टिना टाइब्रेकरमा ४(२ ले विजयी हुँदै सेमीफाइनलमा पुगेको हो।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १०:१६