२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

सहकारी ठगीको अभियोगमा एमाले नेता केबी उप्रेती पक्राउ


१९ असार, काठमाडौँ । नेकपा एमालेको प्रभावशाली नेता समेत रहेका राष्ट्रिय सहकारी विकास वैंकका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन ।

सहकारी ठगीको अभियोगमा उप्रेती पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख बसन्त रजौरेले पुष्टि गरे । उप्रेती नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका सचिव समेत हुन् ।

उप्रेतीलाई काठमाडौंको बालाजुबाट महाराजगन्ज बृत्तको टोलीले पक्राउ गरेको हो । उप्रेतीले ३० हजार भन्दा बढी बचत कर्ताको ८ अर्ब बढी रकम अपचलन गरेको अभियोग लागेको छ । यसअघि भारतमा लुकीछिपि बस्दै आएका उप्रेती एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने सूचना पाएपछि सार्वजनिक भएका थिए । बुधबार नै एमालेले वर्तमान सरकार छाड्ने निर्णय गरेको केही समयमा उप्रेती पक्राउ परेका छन ।

dainiki.com

आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीले ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत अपचलन गरेको भनेर प्रहरीमा उजुरी परेको छ ।  उप्रेती सहकारीमा विकृतिको बिजारोपण गर्ने अगुवाको रूपमा समेत चिनिन्छन । नियम विपरित सहकारीको पैसा परिचालनका मास्टरमाइन्ड मानिने उप्रेतीले लगानी नै गर्न पाउने क्षेत्रमा सबैभन्दा बढी रकम लगानी गरेका छन ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १९:०६