२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

अष्ट्रेलिया, युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ


१९ असार, काठमाडौं । दुई भारतीय नागरिकले दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोजेको पाइएपछि नेपाल   प्रहरीको टोलीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिह हुन् ।

दर्ता नै नगरी उनीहरूले ५ दिनअघि जेडी नामको रामग्राम नगरपालिका-५ बाइपासमा मेनपावरको अफिस खोलेर अष्ट्रेलिया, इटाली लगायत रसिया जस्ता देश पठाउने भन्दै ठगी गर्न खोजेको पाइएको एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

कारबाहीका लागि पक्राउ परेका भारतीय नागरिकहरुलाई श्रम तथा रोजगार कार्यालय बुटवल पठाइएको एसपी फुयालले बताए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १३:४६