२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

ब्राजिल र कोलम्बियाबीच समूह चरणको अन्तिम खेलसँगै कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा


१९ असार, काठमाडौँ । बुधबार बिहान ब्राजिल र कोलम्बियाबीच समूह चरणको अन्तिम खेल सकिएसँगै कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

समुह ‘सी’ बाट कोलम्बिया विजेता र ब्राजिल उपविजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको हो ।

समूह ‘ए’ बाट अर्जेन्टिनाले  समूह चरणको सबै खेल जितेर ९ अंक जोडेर क्वाटरफाइनल प्रवेश गरेको हो ।

त्यसैगरी, समूह ‘बी’ बाट भेनेजुयला तीनै खेल जितेर ९ अंक जोड्दै समूह विजेता बन्दा  एक जित, एक हारका साथै एक बराबरी खेलेको इक्वेडर ४ अंकसहित उपविजेता बनेर क्वाटरफाइनल पुगेको छ ।

समूह ‘सी’ बाट उरूग्वे विजेता र पानामा उपविजेता बनेर क्वाटरफाइलनमा प्रबेश गरेको छ।

 त्यसैगरी उक्त खेलको समूहबाट क्यानडा १ जित, एक हारका साथै एक बराबरी खेल्दै समूहको उपविजेता बनेर क्वाटरफाइनलमा प्रबेश गरेको हो ।

क्वाटरफाइनलको खेल जुलाइ ५ देखि सुरू हुनेछ र सेमिफाइनल जुलाई १० र फाइनल जुलाई १५ मा हुनेछ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १०:५७